संविधान पिता पूर्वप्रधानमन्त्री सुशील कोइरालाको स्मृतिमा दीप प्रज्ज्वलन

1.3K

संविधान पिता पूर्वप्रधानमन्त्री सुशील कोइरालाको स्मृतिमा दीप प्रज्ज्वलन


बुटवल । संविधान पिता पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालिन सभापती स्व. सुशील कोइरालाको छैठौं स्मृति दिवसको अवसरमा आज(सोमवार) दिप प्रज्ज्वलन गरिएको छ । सुशील कोइराला सोसलिष्ट युथ सर्कल कार्यसमिती रुपन्देहीले कोइरालाको सम्झनामा साँझ दीप प्रज्ज्वलको आयोजना गरेको छ ।

दीप प्रज्ज्वलन गर्दै नेपाली काँग्रेस बुटवल उपमहानगर पालिकाका नगर सभापती खेलराज पाण्डेले सुशील कोइरालाको प्रधानमन्त्री कालमा संविधानसभाबाट गणतन्त्र नेपालको पहिलो संविधान जारी भएको बताउनु भयो । नगर सभापती पाण्डेले वि.स.२०७० साल माघ २७ गते देशका ३७ औं प्रधानमन्त्रीका रुपमा निर्वाचित हुनु भएका कोइरालाको कार्यकालमा देशले नयाँ संविधान पाएको बताउनु भयो ।

उहाँलाई नेपाली राजनीतिमा सादगी र निष्ठावान नेताका रुपमा लिने गरेको बताउनु भयो । उहाँले नेता कोइरालाले देशलाई लोकतान्त्रिक संविधान दिएर धेरै गुन लगाएको बताउदै उहाँको त्यो ऋण रास्ट्रले लोकतान्त्रिक गणतन्त्रको रक्षा गरि देशमा बिकाश निर्माण लाई अगाडी बढाएर जनता र देशलाई सम्बृद्ध पारि ऋण तिर्र्नृपर्ने बताउनु भयो ।

नेपाल विद्यार्थी संघका केन्द्रीय उपसभापति मुक्तिराज पौडेलले स्व.कोइरालाको त्यागी मितब्ययी निष्ठावान रास्ट्रप्रेमी नेताको सादगी जीवन बाट युवा विद्यार्थीहरुले धेरै कुरा सिक्न आवश्यक रहेको बताउनु भयो । सुशील कोइराला सोसलिष्ट युथ सर्कल रुपन्देहीका सभापती बाबुराम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी नेता ऋषि भण्डारी,गोविन्द बस्नेत लगाएतले भनाई राख्नु भएको थियो ।