नेपाल कम्युनिष्ट पार्टी (ओली समुह) ले फागुन १ गते बुटवलमा जनसभा गर्ने

1.3K

नेपाल कम्युनिष्ट पार्टी (ओली समुह) ले फागुन १ गते बुटवलमा जनसभा गर्ने

संसद विघटन गरि विभाजित बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहले फागुन १ गते बुटवलमा जनसभा गर्ने तयारी गरेको छ । पार्टीका केही सिमित नेताहरुको निहित स्वार्थका कारण संसद विघटन गर्नुपरेको भन्दै नेकपा ओली समुह लुम्बिनी प्रदेश कमिटिको आयोजनामा जनसभा गर्न लागेको हो ।
फागुन १ गते बुटवलको सिद्देश्वरी स्कुलको खेल मैदानमा गर्न लागिएको जनसभामा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । संसद विघटन गरेर आगामी बैशाखको १७ र २७ गते दुई चरणमा मध्यावधी निर्वाचन घोषणा गरेसंगै नेकपा विभाजित भएको छ ।
संविधान र गणतन्त्र रक्षाको लागि आम जनतालाई सचेत गराउन र पार्टीलाई थप सुदृढ गरि मजबुद बनाउनको लागि आयोजना गरिएको जनसभामा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट १ लाख ५० हजार नेता कार्यकर्ता भित्र्याउने नेताहरुले बताएका छन् । जनसभाको पूर्वशन्ध्यामा पार्टीका युवा बिद्यार्थीले मोटरसाईकल ¥याली समेत प्रदर्शनको तयारी गरेका छन् । फागुन २९ गते बुटवलको राजमार्ग चौराहाबाट सुरु गरिने मोटरसाईलक ¥यालीको नेतृत्व पूर्व मन्त्री तथा युवा संघका पूर्व अध्यक्ष समेत रहेका महेश बस्नेतले गर्ने बिद्यार्थी नेता सरोज पोखरेलले बताउनु भयो ।