एलपि ग्याँस र पेट्रोलियम पदार्थको मुल्य बढ्यो

1.3K

एलपि ग्याँस र पेट्रोलियम पदार्थको मुल्य बढ्यो

खाना पकाउने ग्याँस र पेट्रोलियम पदार्थको मुल्य बढेको छ । सरकारले बुधबार राती १२ बजेदेखि लागु हुनेगरी खाना पकाउने ग्याँस, पेट्रोल तथा डिजलको मुल्य बढाएको हो ।
सरकारले पेट्रोल, डिजल र मट्टिटतेलमा प्रति लिटर २ रुपैंया र खाना पकाउने एलपि ग्याँसमा प्रति सिलिन्डर २५ रुपैंया बढाएको नेपाल आयल निगमले जनाएको छ । मुल्य बढेसंगै अब पेट्रोलको मूल्य ११२ तथा डिजेल र मट्टितेल को ९५ रुपैयाँ, एलपी ग्यासको मूल्य प्रति सिलिन्डर १४ सय रुपैयाँ पुगेको छ । हवाई इन्धनको मुल्य भने यथावत राखिएको छ ।