राज्य बिरुद्ध कसुर गरेको आरोपमा नेकपा नेतृ रामकुमारी झाक्री पक्राउ

1.3K

राज्य बिरुद्ध कसुर गरेको आरोपमा नेकपा नेतृ रामकुमारी झाक्री पक्राउ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहकी केन्द्रीय सदस्य रामकुमारी झाक्रीलाई प्रहरीले पक्राउ गरेको छ । राज्य विरुद्ध कसुर गरेको अभियोगमा नेतृ झाक्रीलाई आफ्नै निवास काठमाण्डौको शंखमुलबाट बिहिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
राष्ट्रपति बिद्यादेवी भण्डारी बिरुद्धको अभिव्यक्तिलाई लिएर प्रहरीले झाक्रीलाई पक्राउ गरेको हो । पक्राउ पछि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीको ठाडो आदेशमा झाक्रीलाई पक्राउ गरिएको आरोप लगाउँदै तत्काल निःसर्त रिहाईको लागि समेत आग्रह गर्नुभएको छ । उहाँले त्यस बिरुद्ध पार्टीले छिटै निर्णय गर्ने पनि उहाँले जानकारी गराउनु भएको छ ।