प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहकी केन्द्रीय सदस्य रामकुमारी झाक्रीलाई रिहा गरेको छ । राज्य विरुद्ध कसुर गरेको अभियोगमा बिहिबार बिहान आफ्नै निवासबाट पक्राउ परेकी झाक्रीलाई साझ छोडिदिएको हो । राष्ट्रपति बिद्यादेवी भण्डारीको विषयमा अभिव्यक्ति दिएको विषयलाई लिएर सोधपुछको लागि भन्दै प्रहरीले नेतृ झाक्रीलाई हिरासतमा लिएको थियो । झाक्रीलाई पक्राउ गरेसंगै देशभर विरोध प्रदर्शन भएका थिए भने सबत्र निःशर्त रिहाईको माग भएको थियो ।