संसद विघटन विरुद्ध प्रधानमन्त्रीलाई प्रजातान्त्रिक विचार समाजले पठायोे विरोधपत्र

450

संसद विघटन विरुद्ध प्रधानमन्त्रीलाई प्रजातान्त्रिक विचार समाजले पठायोे विरोधपत्र


बुटवल । प्रजातान्त्रिक विचार समाजले प्रधानमन्त्री केपी ओलीले गत पुस ५ गते गरेको संसद विघटनकोे विरोध गर्दै देशभरबाट विरोध पत्र पठाएको छ । यसै विच प्रजातान्त्रिक विचार समाज रुपन्देहीले पनि प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक संसद विघटन विरुद्ध ईलाका प्रशासन कार्यलय बुटवल मार्फत विरोध पत्र पठाएको छ ।

विरोधपत्र बुझ्दै इलाका प्र्रशासन कार्यालय प्रमुख कमलराज ढकालले यस विरोध पत्रलाई तत्काल नै सम्बन्धित निकाएमा पठाउने बताउनु भयो । विरोध पत्रमा नेपाली जनताको सात दशक लामोे संघर्ष, बलिदानी र लोकतान्त्रिक आन्दोलनबाट स्थापित नेपालको संविधानको संवैधानिक व्यवस्था र भावनाविपरित प्रधानमन्त्री केपी ओलीद्वारा पुस ५ गते नेपालको संविधानको ठाडो उल्लघंन गरी असंवैधानिक अलोकतान्त्रिक एंव स्वेच्छाचारी ढंगबाट प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामी कदम चालेकोले त्यस प्रति आपत्ती सहित घोर भत्र्सना गर्दछौं भनिएको छ ।

प्रजातान्त्रिक विचार समाज रुपन्देहीका अध्यक्ष रामराज पोख्रेल,प्रदेश अध्यक्ष शङ्कर दिवश मजगैयाँ र केन्द्र्रीय अध्यक्ष डा. केदारनरसिंह के.सीद्वारा हस्तारक्षित विरोध पत्रमा लोकतान्त्रिक राज्यमा हरेक समस्याको निकास लोकतान्त्रिक विधि, प्रक्रिया र संविधानप्रदत्त अधिकारको प्रयोगमार्फत गर्नू राज्यका हरेक अंग र पदाधीकारीहरुको संवैधानिक र राननीतिक जिम्मेवारी भएको उल्लेख गरिएको छ ।
आफ्नो दल भित्रको आन्तरीक समस्यालाई कारण देखाएर लोकतान्त्रिक प्रणालीकोे बर्खिलापमा उभिने, संविधानमा हुँदै नभएको धारा प्रयोग गरी जनप्रतिनिधिमूलक संस्थाको विघटन गरी देशलाई नै राजनीतिक र संवैधानिक अनिश्चयको भूमरीमा धकेलिएको बताइएको छ । नेपालको संविधानको धारा ७६ ले निर्वाचनपछि गठन हुने प्रतिनिधी सभाले उपधारा १ देखी ६ सम्मका विकल्पहरु प्रयोग गरिसक्दा पनि नयाँ सरकार दिन नसकेको अवस्थामा मात्र प्र्रतिनिधी सभा विघटनको परिकल्पना गरेकोमा सरकार असंवैैधानिक,अलोकतान्त्रिक, र तानाशाही बाटो हिंड्न खोजेको उल्लेख गरिएको छ ।