संसद विघटन बदर गर्दै १३ दिनभित्र संसद बैठक बोलाउन सर्बोच्चको आदेश

480

संसद विघटन बदर गर्दै १३ दिनभित्र संसद बैठक बोलाउन सर्बोच्चको आदेश

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनीधि सभा (संसद) सर्बोच्च अदालतले पुनःस्थापना गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गर्नुभएको थियो । त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए । सर्बोच्चले संसद पुनःस्थापना संगै १३ दिन भित्रै संसद बैठक बोलापन पनि आदेश गरेको छ ।