पाँच वर्षीय बालिकामाथि जवरजस्ती करणी

892

पाँच वर्षीय बालिकामाथि जवरजस्ती करणी

रुपन्देहीको बुटवलमा पाँच वर्षीया बालिकामाथि जवरजस्ती करणी भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ११ हात्तिसुढमा शुक्रबार दिउँसो जवरजस्ती करणी भएको हो । घरमा बाबुआमा कोही नभएको मौका छोपेर करिव १८ वर्षीय युवकले करणी गरेको बताईएको छ ।
जवरजस्ती करण गरेको अभियोगमा ती युवकलाई प्रहरीले पक्राउ गरेको र थप अनुसन्धानको काम भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो । जवरजस्ती करणीका कारण स्वास्थ्य अवस्था गम्भिर रहेकी ती बालिकाको बुटवलको एक अस्पतालमा उपचार भईरहेको पिडित बालिकाकी बुवाले जानकारी दिनुभयो ।