बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका नवनिर्वाचित अध्यक्ष सहित पदाधिकारी र सदस्यहरुलाई विश्वहिन्दु महासंघ रुपन्देहीले स्वागत तथा सम्मान गरेको छ । विश्व हिन्दु महासंघ रुपन्देहीले महासंघको सभाहलमा एक कार्यक्रमको आयोजना गरेर संघमा नवनिर्वाचित कार्यसमितिलाई स्वागत सहित सम्मान गरेको हो ।
त्यस अवसरमा विश्वहिन्दु महासंघ रुपन्देहीका अध्यक्ष महेश्वरप्रसाद श्रेष्ठले नव निर्वाचित कार्यसमितिलाई बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले नवनिर्वाचित टिमले उद्योगी व्यबसायीका समस्या समाधान गर्नको लागि विशेष रुपमा लाग्न र ती समस्याको समाधान गरि गर्विलो इतिहास बनाउन सुझाव दिनुभएको थियो ।
त्यस्तै विश्व हिन्दु महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा लुम्बिनी प्रदेश अध्यक्ष बेनबहादुर पौडेलले बुटवल उद्योग बाणिज्य संघले विगत देखि नै व्यबसायिक हकहित तथा समस्या समाधानमा पहल पैरवी गर्दै यस क्षेत्रको विकासमा समेत नेतृत्वदायी भूमिका खेल्दै आएको स्मरण गर्र्दै त्यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
त्यस अवसरमा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका नवनिर्वाचित अध्यक्ष उज्ज्वलप्रसाद कसजुले यस क्षेत्रको सबैभन्दा जेठो उद्योगी व्यबसायीहरुको छाता संस्था बुटवल उद्योग बाणिज्य उद्योगी व्यबसायीका समस्या समाधानमा खेलेको भूमिका र यस क्षेत्रको सामाजिक बिकासमा गरेको नेतृत्वदायी भूमिकाको स्मरण गर्दै आफ्नो कार्यकालमा त्यसलाई अझै उचाईमा पु¥याउनको लागि सबै उद्योगी व्यबसायीसंग साथ र सहयोगको लागि आग्रह गर्नुभयो ।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमालले व्यबसाययिक वतावरण निर्माण र यस क्षेत्रको बिकासमा संघले खेलेको भूमिकाको स्मरण गर्दै आगामी दिनमा पनि ती कार्यक्रमले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।