होटल तथा रेष्टुरेन्ट व्यबसायी संघ रुपन्देहीको अध्यक्षमा रामप्रसाद गौतम निर्वाचित हुनु भएको छ । सोमबार सम्पन्न अधिवेशनबाट अध्यक्ष पदमा ५५ मतअन्तरले गौतम निर्वाचित हुनु भएको हो ।
प्रमुख निर्वाचन आयुक्त यमलाल खनालका अनुसार अध्यक्षमा निर्वाचित गौतमले ३४९ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी जीवनप्रसाद श्रेष्ठले २९४ मत प्राप्त गर्नुभएको छ । आगामी कार्यकालको लागि भएको निर्वाचनमा गौतम र श्रेष्ठ २ प्यानलमा विभाजित भई निर्वाचनमा उत्रिनु भएको थियो । अध्यक्षमा गौतम विजयी भएपनि परिणाम भने मिश्रीत आएको छ । वरिष्ठ उपाध्यक्षमा गौतम प्यानलबाट ३८२ मत सहित बाबुराम गौतम निर्वाचित हुनु भएको छ । वरिष्ठ उपाध्यक्षका प्रतिद्वन्द्वी भिमलाल न्यौपानेले २४६ मत प्राप्त गर्नुभएको थियो ।

प्रथम उपाध्यक्षमा भने श्रेष्ठ प्यानलका लेखनाथ भण्डारी विजयी हुनु भएको छ । भण्डारीले ३४३ मत ल्याउँदा प्रतिद्वन्द्वी गौतम प्यानलका मोहनलाल पाण्डेले २९० मत प्राप्त गर्नुभएको थियो । पदाधिकारीमा बाँकी सबै पदमा गौतम प्यानलका उम्मेदवार वियी भएका छन् । द्वितीय उपाध्यक्ष पदमा ३३६ मत सहित रोमाकान्त पाण्डे, महासचिवमा ३९७ मत सहित माधव कुमार खनाल र कोषाध्यक्षमा ३३२ मत सहित टंक प्रसाद पराजुली निर्वाचत हुनु भएको छ ।
सचिव पदमा अर्जुन थापा र सहकोषाध्यक्ष पदमा खिमराज पोखरेल निर्बिरोध निर्वार्चित हुनु भएको थियो । कार्यसमति सदस्य पदमा पनि दुबै प्यानलबाट मिश्रीत परिणाम आएको छ । त्यस्तैगरी ११ कार्यसमिति सदस्य पदमा अर्जुन पोखरेल (३८०), थम्मन भण्डारी (३६०), उमेश सापकोटा (३५९), तुलसीराम पराजुली (३३३), माधव ढकाल (३३३), टंकप्रसाद पोखरेल (३२५), रामबहादुर न्यौपाने (३२१), कृष्णप्रसाद पाण्डे (३०८), डिल्लीराज अर्याल (३०२), केशवराज कंडेल (२९८) र खुमराज ज्ञवाली (२९३) मत सहित विजयी हुनु भएको छ । ११ कार्यसमिति सदस्य पदमा २२ जनाको उम्मेदवारी परेको थियो ।
