सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २३ गते संसद बैठक बोलाएपछि सभामुख अग्नीप्रसाद सापकोटाले दलहरुसंग परामर्श गर्ने तयारी गर्नुभएको छ ।
सभामुख सापकोटाले सोमबार संसद भवन बानेश्वर पुगेर तयारीको बारेमा अवलोकन समेत गर्नुभएको थियो । संसद सचिवालयले गरेको तयारीको बारेमा तथा भोली बुधबारदेखि दलहरुसंग परामर्श छलफलको तयारी समेत भएको जानकारी गराउनु भएको हो ।