टिप्परको ठक्करबाट ४ वटा गाईगोरु मरे : ठक्करदिने टिप्पर र चालक प्रहरी नियन्त्रणमा

टिप्परको ठक्करबाट ४ वटा गाईगोरु मरे : ठक्करदिने टिप्पर र चालक प्रहरी नियन्त्रणमा

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा टिप्परको ठक्करबाट चारवटा गाईगोरु मरेका छन् भने २ वटा घाईते भएका छन् । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १० महिलावार पर्सा–पडेरिया सडक खण्डमा सोमबार राती सवा १० बजेको समयमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ना ३ ख ३२५१ नम्बरको टिप्परले ६ वटा गाई गोरुलाई ठक्कर दिएको थियो ।
टिप्परको ठक्करबाट सडकमा छाडा रहेका गाई गोरुलाई ठक्कर दिँदा ३ वटा गाई र एउटा गोरु मरेको छ भने बाँकी २ वटा गाई घाईते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक उत्यनारायण थापाले जानकारी दिनुभयो । उक्त टिप्परले नजिकै रहेको बिद्युत पोललाई समेत ठक्कर दिई क्षतविक्षत बनाएको प्रहरीले जनाएको छ ।
गाईगोरुलाई ठक्करदिने टिप्पर तथा त्यसका चालक रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ३ दर्कसहवाका ४६ वर्षीय प्रमोदकुमार धवललाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक उपर थप अनुसन्धान भईरहेको प्रवक्ता थापाले जानकारी दिनुभयो ।

Share This
  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares