बुटवल उपमहानगरपालिका वडा नं. ६ मैत्रीपथमा फरक किसिमको फेमिली फूड रेष्टुरेन्ट सञ्चालनमा आएको छ । बिभिन्न मुलुकमा अनुभव हासिल गरेका ४ जना युवाहरुको लगानीमा ‘रोयल फूड कोर्ट’ नामको फेमिली फूड रेष्टुरेन्ट सञ्चालनमा आएको हो ।
उक्त रोयल फूड कोर्टको बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका नवनिर्वाचित अध्यक्ष उज्ज्वलप्रसाद कसजु र क्रिकेटर शक्ति गौचनले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गर्नुभएको हो । दुबै, साउदी तथा कोरियामा काम गरेर अनुभव लिएका युवाहरु केशव भुसाल, बब्लु आचार्य, सुरज बिक र राजेश भण्डारीको करिव ७० लाख रुपैंया लगानीमा उक्त होटल सञ्चालनमा आएको हो ।
बिशेषगरी चाईनिज, इण्डियन, कन्टिनेन्टल र नेपाली खाना खुवाउने उक्त होटलमा युवा युवतीको माग अनुसार पिज्जा र वर्गरलाई बिशेष प्राथमिकता दिईएको केशव भुसालले जानकारी गराउनु भयो ।