रुपन्देहीको तिलोत्तमामा नयाँ रोटरी क्लव स्थापना

1.3K

रुपन्देहीको तिलोत्तमामा नयाँ रोटरी क्लव स्थापना

रुपन्देहीको तिलोत्तमामा नयाँ रोटरी क्लव स्थापना गरिएको छ । रोटरी क्लव अफ बुटवल साउथको स्पोन्सरमा रुपन्देहीको तिलोत्तमामा रोटरी क्लव अफ मिड रुपन्देही स्थापना गरिएको हो ।
त्यस क्षेत्रका ३६ जना युवाहरुको सक्रियतामा गठन गरिएको उक्त क्लवको अध्यक्षमा जीवन गौतमलाई चयन गरिएको छ । शनिबार साँझ नयाँमिलमा आयोजना गरिएको क्लवको चार्टर सेरेमोनी समारोहमा रोटरी क्लवका डिष्ट्रिक गभर्नर राजिव पोखरेलले नवगठित क्लवका संस्थापक अध्यक्ष गौतमलाई प्रमाण पत्र प्रदान गर्नुको साथै सपथ समेत गराउनु भएको थियो ।

त्यस अवसरमा बोल्दै उहाँले रोटरीमा लिनको लागि नभई समाजमा केही दिनको लागि लाग्नु पर्ने बताउँदै रोटरीको भिजन र मिसन अनुसार समाज सेवाका कार्यक्रम गर्न आग्रह गर्नुभयो । त्यस अवसरमा रोटरी क्लव अफ बुटवल साउथका संस्थापक अध्यक्ष डा. रामचन्द्र आचार्यले यो वर्ष क्लवले ५ वटा नयाँ क्लव खोल्ने लक्ष्य लिएपनि कोभिड–१९ महामारी लगायतका बिबिध कारणले लक्ष्य हासिल गर्न नसकिएको जानकारी गराउनु भयो ।

रोटरी बुटवल साउथले यो वर्ष रुपन्देहीको तिलोत्तमामा रोटरी क्लव अफ मिड रुपन्देही र पश्चिम नवलपरासीको परासीमा रोटरी क्लव अफ नवलपरासी स्थापना गरेको छ भने काठमाण्डौमा रोटरी क्लव अफ प्रोफेस्नल काडमाण्डौ स्थापनाको तयारीमा रहेको क्लवका अध्यक्ष प्रेम भुर्तेलले जानकारी गराउनु भयो । बाँकी २ वटा क्लव आउने वर्ष स्थापना गरिने पनि उहाँले जानकारी गराउनु भयो । त्यस्तै अध्यक्ष भुर्तेलले पोलियो उन्मुलनमा रोटरीले ठूलो भूमिका निर्वाह गरेको बताउँदै रोटरीमा बित्तिय अनुशासन र पारदर्शिता समेत रहेको दावी गर्नुभयो ।

त्यस्तै क्लवका सल्लाहकार तथा पूर्व अध्यक्ष प्रकाश पौडेलले क्लवको सफलता समाज र लक्षित समुहसंग कसरी जोडिन्छ भन्नेमा भर पर्ने भनाई राख्नुभयो । नवगठित क्लवका अध्यक्ष गौतमले रोटरीको भिजन र मिसन अनुसार समाज सेवाका काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रम रोटरी बुटवल साउथका इलेक्ट प्रेसिडेन्ट ध्रुव धितालको स्वागत तथा किशु शर्माको सञ्चालनमा भएको थियो । त्यस्तैगरी शनिबार नै रोटरी क्लव अफ बुटवल साउथमा डिजि भिजिट कार्यक्रम समेत भएको थियो ।