लायन्स क्लव अफ बुटवलको अध्यक्षमा खरेल

1.3K

लायन्स क्लव अफ बुटवलको अध्यक्षमा खरेल

लायन्स क्लव अफ बुटवलको आगामी कार्यकालको लागि लोकप्रसाद खरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ । लायन्स क्लव अफ बुटवलको आईतबार शंकरनगर स्थित बनबाटिकामा भएको बोर्ड ईलेक्सनबाट वर्ष २०२१/०२२को लागि अध्यक्षमा खरेललाई चयन गरिएको हो । त्यस्तैगरी प्रथम उपाध्यक्षमा महेशप्रसाद श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सरदमान श्रेष्ठ, तृतीय उपाध्यक्षमा मृगेन्द्र गोबिन्द श्रेष्ठ र सहसचिवमा रोशनकुमार श्रेष्ठलाई चयन गरेको हो ।

त्यस्तैगरी क्लवको निर्देशकहरुमा श्यामप्रसाद देवकोटा, आनन्दप्रसाद वझा, सुवर्णलाल श्रेष्ठ, राजिव श्रेष्ठ अशोक अमात्य, बासुदेव श्रेष्ठ, अनुसदनलाल श्रेष्ठ र बिकास पालिखेलाई चयन गरिएको छ । क्लवको टेमरमा निरजप्रसाद लाकौल, टेलट्वीस्टरमा पवनकुमार श्रेष्ठ र क्लव मार्केटिङ् एण्ड कम्युनिकेशमा प्रतिक पोखरेललाई चयन गरिएको हो । आगामी वर्षको लागि निर्वाचित अध्यक्ष खरेलले आफ्नो कार्यकालमा क्लवले उत्कृष्ट काम गरि क्लवको साख र गरिमालाई अझै माथी उठाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तैगरी लायन्स क्लव अफ बुटवलका भातृत्वमा रहेको लायनेश क्लव अफ बुटवलमा पुष्पा श्रेष्ठ र लियो क्लव अफ बुटवलमा रमेश न्यौपानेको नेतृत्वमा आगामी वर्षको लागि नयाँ बोर्ड गठन गरिएको छ ।

त्यसै अवसरमा लायन्स क्लव अफ बुटवल, लायनेश क्लव अफ बुटवल र लियो क्लव अफ बुटवलले बुटवल उद्योग बाणिज्य संघमा नवनिर्वाचित कार्यसमितिलाई सम्मान गरिएको थियो । लायन्स क्लव अफ बुटवलका अध्यक्ष संजय जयसवालको अध्यक्षतामा भएको कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका नवनिर्वाचित अध्यक्ष उज्ज्वलप्रसाद कसजु, अध्यक्ष खिमबहादुर हमाल, संघका पूर्व अध्यक्ष तथा लायन्स क्लव अफ बुटवलका पूर्व अध्यक्ष अर्जुनमान सैजु, लायन्स क्लव अफ बुटवलका पूर्व अध्यक्ष तथा निर्वाचन समितिका संयोजक अनिलप्रसाद श्रेष्ठ, पूर्व अध्यक्ष तथा बुटवल उद्योग बाणिज्य संघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ लगायतले भनाई राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव प्रतिक पोखरेलले गर्नुभएको थियो ।