पार्टी एकिकरण गर्नेभए एमाले र माओवादी केन्द्रलाई निर्वाचन आयोगको १५ दिने म्याद

1.3K

पार्टी एकिकरण गर्नेभए एमाले र माओवादी केन्द्रलाई निर्वाचन आयोगको १५ दिने म्याद

निर्वाचन आयोगले एमाले र माओवादी केन्द्रलाई पुनः पार्टी एकिकरण गर्ने भए १५ दिन भित्र निवेदन दिन आग्रह गरेको छ । आयोगको मंगलबार बसेको बैठकले यस अंघिको एकतालाई सर्बोच्चले बदर गरिदिएकोले पुनः पार्टी एकिकरण गर्नेभए दलको नयाँ नाम र चिन्ह प्रस्ताव गरेर निर्वाचन आयोग आउन आग्रह गरेको हो ।
यस अंगाडी साविकको एमाले र माओवादी केन्द्र एकता पछि बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्वाचन आयोगमा दर्ता भएको थियो । उक्त नामसंग मिल्दोजुल्दो नाम त्यस अंघिनै निर्वाचन आयोगमा दर्ता रहेकाले एमाले माओवादी मिलेर बनेको नेकपा सर्बोच्चले बदर गर्दै एमाले र माओवादी केन्द्रलाई पुरानै स्थितीमा फर्काइदिएको थियो ।
त्यस्तैगरी निर्वाचन आयोगले एमाले र माओवादी केन्द्र कायमै रहेको सूचना संसद सचिवालय र सातवटै प्रदेश सभालाई जानकारी गराउने समेत निर्णय गरेको छ । त्यस्तै आयोगले एमाले र माओवादी एकिकरण पछि ती नाममा दर्ता भएका दलहरुलाई पनि नयाँ नाममा दल दर्ता गराउन १५ दिनको म्याद दिने निर्णय गरेको छ ।