रुपन्देहीको मर्चवारी गाउँपालिकाबाट कटुवा पेस्तोल सहित तीन जना पक्राउ

रुपन्देहीको मर्चवारी गाउँपालिकाबाट कटुवा पेस्तोल सहित तीन जना पक्राउ

रुपन्देहीको सिमा क्षेत्रमा कटुवा पेस्तोल सहित तीन जना पक्राउ परेका छन् । पाण्डेपिप्रहवा प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक कमल आचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले शनिबार साँझ रुपन्देहीको मर्चवारी गाउँपालिका–७ कञ्चनापुरबाट उनीहरुलाई पक्राउ गरेको हो ।
युपि ५५ एन ४९४८ भारतीय नम्बर प्लेटका मोटरसाईकलमा सवार तीनजनालाई खानतलासी गर्दा उनीहरुको साथबाट कटुवा पेस्तोल बरामद गर्नुको साथै उनीहरुलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले जानकारी दिनुभयो ।
ससत्र प्रहरी सहितको संयुक्त टोलीले रुपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नं. ७ वेतकुईयाका कनै हरिजनको छोरा २४ वर्षीय सुरज हरिजन, सोही स्थानका बंशिधर हरिजनको छोरा २३ वर्षीय तौलन हरिजन र त्यसै वडाको भुण्डीहवाका सोहर अली मुसलमानको छोरा २६ वर्षीय सकिल हरिजनलाई पक्राउ गरेको हो । उनीहरु उपर थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •