राष्ट्रिय दलित पत्रकार संघको अध्यक्षमा पहाडी

678

राष्ट्रिय दलित पत्रकार संघको अध्यक्षमा पहाडी

राष्ट्रिय दलित पत्रकार संघको बुटवलमा भएको प्रथम राष्ट्रिय महाधिवेशनले विनोद पहाडीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ । राष्ट्रिय दलित पत्रकार संघको यहि फागुनको २८ र २९ गते सम्पन्न महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा गोपाल बराईली, खुल्ला उपाध्यक्षमा मिलन परियार, महिला उपाध्यक्षमा कमलाकुमारी बिक (रसाईली)लाई चयन गरेको छ ।

प्रदेश उपाध्यक्ष तर्फ १ नं. प्रदेशमा पर्वत पोर्तेला, २ मा भोला पासवान, बागमती प्रदेशमा बुद्धि विश्वकर्मा, गण्डकीमा दिपक परियार, लुम्बिनी प्रदेशमा बिनोद परियार, कर्णाली प्रदेशमा देकेन्द्र विश्वकर्मा र सुदुरपश्चिम प्रदेशमा करन ताम्राकारलाई चयन गरेको हो । त्यस्तै महासचिवमा लक्ष्मण दर्नाल, सचिवमा सन्तोष गन्धर्व, रीता बुढाथोकी र बिरु नेपाली तथा कोषाध्यक्षमा भिमबहादुर घिमिरे निर्वाचित भएका छन् । महाधिवेशनले पदाधिकारी सहित ४१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । त्यस्तै तीन सदस्यीय अनुशासन आयोग समेत गठन गरिएको छ ।