गाउँपालिकाको कलासंस्कृति प्रवद्र्धनको लागि भैरबस्थानमा तेस्रो ‘सांस्कृतिक महोत्सव’

1.3K

गाउँपालिकाको कलासंस्कृति प्रवद्र्धनको लागि भैरबस्थानमा तेस्रो ‘सांस्कृतिक महोत्सव’

पाल्पाको रिब्दीकोट गाउँपालिकाको कला संस्कृति जगेर्ना गर्ने उद्देश्यले साताव्यापी ‘भैरबस्थान सांस्कृतिक महोत्सव’ आयोजना गरिएको छ । यहि चैत १० देखि १७ गतेसम्म हुने सांस्कृतिक महोत्सवमा रिब्दीकोट गाउँपालिकाका ८ वटै वडाका कलासंस्कृती प्रदर्शनी गरिने छ ।
रिब्दीकोट गाउँपालिका, गाउँपालिकाको वडा नं. ४ भैरवस्था र भैरवस्थान मन्दिर व्यबस्थापन समितिलको आयोजनामा भैरवस्थानमा गर्न लागिएको यो तेस्रो संस्करणको सांस्कृतिक महोत्सव हो । सांस्कृतिक महोत्सवको पहिलो दिन चैतको १० गते सरसफाई कार्यक्रम गरिने छ भने दोस्रो दिन ११ गते रक्तदान कार्यक्रमको आयोजना गरिएको भैरवस्थान मन्दिर व्यबस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारीले जानकारी गराउनु भयो । १२ र १३ गते पालिका स्तरीय खुला भलिवल प्रतियोगिता गरिने छ भने १३ गते नै सेन बैसिय ईतिहासको बारेमा अन्तरक्रिया कार्यक्रम गरिने छ ।
त्यस्तैगरी १४ गते पालिका स्तरीय खुला लोकनृत्य प्रतियोगिता, १५ गते फागु कार्यक्रम (चिर पोल्ने) र १६ गते फागु उत्सव गरिने मन्दिर व्यबस्थापन समितिका अध्यक्ष अधिकारी बताउनु हुन्छ । अन्तिमदिन १७ गते झाकी प्रदर्शन, सांस्कृति कार्यक्रम, सभा तथा पुरस्कार बितरण गरि महोत्सवको समापन गरिने उहाँले जानकारी गराउनु भयो ।