बुटवल । गिरिजा प्रसाद कोइराला फाउण्डेशन फर डेमोक्रेसी पिस एण्ड डेभलपमेन्टको लुम्बिनी प्रदेश संयोजकमा खेलराज पाण्डे मनोनित हुनु भएको छ । फाउण्डेसन संचालक समितीको चैत्र ३ गतेको निर्णय बमोजिम फाउण्डेसनले लुम्बिनी प्रदेश संयोजकमा नेपाली काँग्रेस बुटवल नगर सभापति समेत रहनु भएका पाण्डेलाइ मनोनित गरेको हो ।

२ बर्षको कार्यकालका लागि उहाँ मनोनित भएका हुन् । गिरिजा प्रसाद कोइराला फाउण्डेशनका अध्यक्ष सुजाता कोइरालाद्वारा हस्ताक्षरित मनोनयन पत्रमा ‘यस फाउण्डेसनको विधानमा उल्लेखित लक्ष्य तथा उदेश्यहरु प्राप्ती गर्ने सम्बन्धमा तपाई र तपाईको संयोजकत्वमा रहने प्रदेश समितीका सदस्यहरु, इमान्दार तथा कर्तव्यनिष्ठ भई कार्य सम्पादन गर्नुहुनेछ भन्ने विश्वास लिएकी छु । तपाई र तपाईको समितीको सफल कार्यकालको हार्दिक शुभकामना समेत व्यक्त गर्दछु भन्ने उल्लेख गरिएको छ ।
लोकतन्त्र,शान्ति र बिकासलाई मुलमन्त्र बनाई गिरिजा प्रसाद कोइराला फाउण्डेशनले देश बिदेशमा आफ्नो संगठन बिस्तार गर्दै आईरहेको छ ।