सरकारको समर्थन छिटै फिर्ता हुन्छ : प्रचण्ड

सरकारको समर्थन छिटै फिर्ता हुन्छ : प्रचण्ड

सरकारलाई दिएको समर्थन एकदुई दिन भित्रै फिर्ता लिने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बताउनु भएको छ । सरकार माथिको समर्थन फिर्ता र अविश्वासको प्रस्ताव एकैपटक दर्ता गर्ने उद्देश्ले समर्थन फिर्ता लिन केही समय पर्खिएको बताउँदै अध्यक्ष प्रचण्डले अव राजनीतिक र नैतिक रुपमा पनि धेरै दिन पर्खिन नसकिने बताउनु भएको हो ।
शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले राजनीति जतासुकै गएपनि सरकारको समर्थन फिर्ता हुने बताउनु भएको हो । उहाँले संसद विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरु बिचमा न्यूनतम सहमति होस भनेर पनि समर्थन फिर्ताको लागि पर्खिएको बताउनु भयो ।

Share This
  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares