श्रमबजार सूचना प्रणाली परियोजनामा उद्योग व्यबसायीलाई जानकारीमूलक प्रशिक्षण

श्रमबजार सूचना प्रणाली परियोजनामा उद्योग व्यबसायीलाई जानकारीमूलक प्रशिक्षण

कृषि, पर्यटन र निर्माणको क्षेत्रलाई फोकस गरेर सञ्चालन गरिएको श्रम बजार सूचना प्रणाली परियोजना अन्तरगत शुक्रबार सम्बन्धित उद्योगी व्यबसायीलाई जानकारी मूलक प्रशिक्षण गरिएको छ । परियोजनाको बारेमा जानकारी गराउने र उद्योगी व्यबसायीबाट फिडव्याक लिनको लागि प्रदेशमा सञ्चालन गरिएको परियोजनाले यस क्षेत्रका उद्योगी व्यबसायीलाई समेटेर शुक्रबार बुटवलमा प्रशिक्षण कार्यक्रम गरेको हो ।
युरोपियन युनियनको आर्थिक तथा ब्रिटिस काउन्सिलको प्राबिधिक सहयोगमा नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल र नेपाल निर्माण व्यबसायी महासंघको साझेदारीमा ‘ईम्प्लोयर लिड लेवर मार्केट सेक्रेटरियट’ परियोजना सातवटै प्रदेशमा सञ्चालनमा छ । तथ्यका आधारमा सरकारलाई सूचना प्रदान गर्नेगरी कुन मापदण्डको कति जनशक्ति निजी क्षेत्रलाई आवश्यक छ भन्ने कुराको परियोजनाले अध्ययन गर्ने परियोजनाका टिम लिडर चन्द्रकान्त अधिकारीले जानकारी गराउनु भयो ।
सरकार सहित १२ वटा तालिम प्रदायक संस्थाबाट बार्षिक ५० हजार जनाले तालिम लिईरहे पनि नीजि क्षेत्रलाई आवश्यक जनशक्ति उत्पादन नभएको र निजी क्षेत्रको माग अनुसार तालिमलाई समेत परिस्कृत गरोस भन्ने आफूहरुले चाहेको उहाँको भनाई छ । नेपाल सरकारबाट स्वीकृत यो परियोजना १४ महिना सञ्चालन गरिने छ भने यसको कुल बजेट १७ करोड ९० लाख ११ हजार ७३३ रुपैंया छ ।
त्यस अवसरमा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल प्रसाद कसजूले नेपालमा प्रतिवर्ष करिव ५ लाख युवा जनशक्ति श्रम बजारमा आउने र त्यसको ठूलो हिस्सा वैदेशिक रोजगारीमा जान बाध्य हुनु परेको भनाई राख्नुभयो । स्थानीय रोजगार बजारमा जाने युवामा सीपको अभाव, व्यबसायिक अभिमूखिकरणको कमी लगायतका कारण रहेको उहाँले बताउनु भयो । सीप युक्त जनशक्तिको अभावकै कारण सीपयुक्त जनशक्तिको भारतीय श्रमिकहरुको बाहुल्यता रहेको उहाँले बताउनु भयो ।
नेपाली श्रम बजारमा आएको युवा जनशक्तिलाई नेपालमै रोजगारीको अवसरको लागि निजी क्षेत्रको आवश्यकता पूरा गर्नेगरी सरकारले युवाशक्तिलाई सीपयुक्त तालिमको व्यबस्था गर्नुपर्ने र उनीहरुसंग नेपाली श्रम बजारमै काम गर्ने प्रतिवद्धता समेत लिनुपर्ने सुझाव राख्नुभयो ।
त्यस अवसरमा बिभिन्न व्यबसायिक संघसंस्थाका प्रतिनीधिहरु, सम्बन्धित क्षेत्रका उद्योगी व्यबसायीहरु लगायतको सहभागिता रहेको थियो । परियोजनाले पहिलो चरणमा उद्योग व्यबसायीलाई जानकारीमूलक प्रशिक्षण गरिएको र र दोस्रो चरणमा श्रमिक (कामदार)संग अन्तरक्रिया गरिने परियोजनाका टिम लिडर अधिकारी बताउनु हुन्छ ।

Share This
  • 16
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    16
    Shares