रुपन्देही जिल्लामा छ महिना नपुग्दै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखहरुको सुरुवा गरिएको छ । गृह मन्त्रालयले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको सुरुवा गरेको हो । २०७७ भदौमा प्रमुख जिल्ला अधिकारी भएर रुपन्देही आएका घिमिरेलाई पर्सा सरुवा गरिएको छ ।
त्यस्तैगरी रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोखरेल र ससस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रहरी उपरिक्षक भरत खनियालाई पनि हटाईएको छ । गत फागुन २१ गते रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्र सिलान्यास कार्यक्रम स्थानीयको बिरोधपछि विथोलिएको थियो ।
स्थानीयको चर्को बिरोधका बिच प्रहरी घेराभित्र औद्योगिक क्षेत्र सिलान्यास गरेर बोल्न लागेका अर्थमन्त्री पौडेललाई सम्बोधनकै क्रममा ढुंगा प्रहार भएको थियो । कार्यक्रम विथोलिएको र मन्त्री पौडेलले बोल्न समेत नपाई भाग्नु परेको त्यस घटनालाई लिएर प्रमुख जिल्ला अधिकारी सहित सुरक्षा प्रमुखहरुलाई सरुवा गरिएको स्रोतले बताउँछ ।
शिलान्यास कार्यक्रम लगत्तै स्थानीयले औद्योगिक क्षेत्रको शिलालेख स्तम्भ तथा आयोजनाको सूचना बोर्ड भत्काईदिएका थिए । त्यस्तै मन्त्रीलाई लक्षित गरेर एमाले कार्यकर्ताले समेत स्थानीयलाई ढुंगा हानेर प्रतिकार गरेका थिए । दोहोरो ढंगा हानाहान हुँदा समेत प्रहरीको संयमताका कारण अप्रिय घटना हुन भने पाएको थिएन ।