पत्रकार महासंघमा देशभर उम्मेदवारी दर्ता : रुपन्देहीमा पोख्रेल र पाण्डेको उम्मेदवारी

पत्रकार महासंघमा देशभर उम्मेदवारी दर्ता : रुपन्देहीमा पोख्रेल र पाण्डेको उम्मेदवारी

नेपाल पत्रकार महासंघका जिल्लाशाखाहरुमा आज (आईतबार) देशभर उम्मेदवारी दर्ता भएको छ । यहि चैतको २५ गते हुने निर्वाचनको लागि देशभरका जिल्ला शाखाहरुमा नयाँ नेतृत्व चयनको लागि उम्मेदवारी दर्ता भएको हो । प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत हुने महासंघको निर्वाचनको लागि केन्द्र र प्रदेशमा यस अगाडि नै उम्मेदवारी दर्ता भईसकेको छ । महासंघमा तीनै तहमा २५ गते एकैदिन निर्वाचन हुन लागेको हो ।
यसै अन्तरगत नेपाल पत्रकार महासंघ रुपन्देहीको अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ । जिल्ला शाखाको नेतृत्वको लागि अध्यक्ष पदमा नेपाल प्रेस युनियन लगायतका ५ वटा संगठनले बनाएको लोकतान्त्रिक–प्रगतिशिल प्यानलबाट रामराज पोख्रेल र ओली नेतृत्वको एमाले निकट प्रेस चौतारी नेपालले बनाएको साझा प्यानलबाट दिनेश पाण्डेले उम्मेदवारी दर्ता गराउनु भएको हो ।
लोकतान्त्रिक–प्रगतिशिल प्यानलबाट खुल्ला उपाध्यक्षमा विश्वास ढकाल, महिला उपाध्यक्षमा सञ्जु पौडेल, सचिवमा बिनोद परियार, कोषाध्यक्षमा सञ्जय सौगात विश्वकर्मा तथा सहसचिवमा बिरेन्द्र कुवँर र समावेशी सहसचिवमा मायाँ केसीले उम्मेदवारी दिनुभएको छ । सोही प्यालनबाट खुल्ला सदस्यमा कविराज अधिकारी कपिल, थानेश्वर घिमिरे नविन, प्रदिप आर्चाय, मोती न्यौपाने मोहन, प्रकाश पाण्डेय, शंकर प्रसाद पाण्डेय, पुनहरी बेलबासे, ओमबहादुर कुँवर, समावेशी तर्फ महिला सदस्यमा हरिकला अधिकारी कमला, दलित सदस्यमा टंक सुनार, आदिवासी जनजाती सदस्यमा राजाराम चौधरी, मधेशी सदस्यमा राधेश्याम विश्वकर्मा र अल्पसंख्य सदस्यमा सलमान खाँनको उम्मेदवारी दिनुभएको छ ।
त्यस्तैगरी दिनेश पाण्डेको प्यानलबाट खुल्ला उपाध्यक्षमा दिपेश पछाई, महिला उपाध्यक्षमा अमृता अनमोल, सचिवमा लक्ष्मण पोखरेल, कोषाध्यक्षमा स्वस्तिक श्रेष्ठ, सहसचिवमा केशव भण्डारी र समावेशी सहसचिवमा गोबिन्द घर्तीको उम्मेदवारी परेको छ ।
त्यस्तै खुल्ला सदस्यमा बिकास पराजुली, प्रकाश आचार्य, एनबि कंडेल, अस्मिना पाण्डे, तलसीराम पौडेल, समावेशी तर्फ जनजाती सदस्यमा दिनेश पाण्डे, अल्पसंख्यकमा कृष्ण खनाल, मदेशी सदस्यमा रबिन्द्रप्रताप गुप्ता, महिला सदस्यमा रेनुका गिरी, दलित सदस्यमा राजकुमार धवलको उम्मेदवारी परेको छ ।
त्यसबाहेक सचिवमा सिपि खनाल, कोषाध्यक्षमा श्यामशंकर पाण्डे र सहसचिवमा दिपक घिमिरेको स्वतन्त्र उम्मेदवारी परेको छ ।

Share This
  • 68
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    68
    Shares