कस्मेटिक तथा गिफ्ट बस्तुगत समितिमा सम्मान

कस्मेटिक तथा गिफ्ट बस्तुगत समितिमा सम्मान

बुटवल उद्योग बाणिज्य संघ अन्तरगत गठित कस्मेटिक तथा गिफ्ट बस्तुगत समितिमा योगदान गर्ने समितिका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । उक्त समितिले सोमबार बुटवलमा एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई सम्मान गरेको हो ।
त्यस अवसरमा बोल्दै बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले संघले उद्योगी व्यबसायीका समस्या समाधान र पैरवीको लागि योजना बनाउँदै गरेको जानकारी गराउनु भयो । उहाँले बिभिन्न कार्यक्रमको लागि फण्ड राईजिङ्, बस्तुगत समितिलाई लक्षित गरेर एक सभापति एक मेलाको अवधारणा बनएको, बुटवलको मुख्य सडकको सर्भिसलेनलाई फराकिलो गर्नको लागि १८ फूटबाट बढाएर २७ पु¥याउनको लागि पैरवी समेत गरिरहेको जानकारी गराउनु भएको थियो । त्यस्तै सुस्ताएको पारी बुटवलको चलहपहल कसरी बढाउन सकिन्छ, त्यसतर्फ पनि सोचबिचार भईरहेको बताउनु भयो ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, बाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेल, कार्यसमिति सदस्य तथा कस्मेटिक तथा गिफ्ट बस्तुगत समितिका समन्वय कर्ता दिनेश श्रेष्ठले बस्तुगत समिति नयाँ गठनको प्रकृया सुरु भएकोले सबैलाई समेटेर सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयनको लागि शुभकामना व्यक्त गर्नुभयो ।
कस्मेटिक तथा गिफ्ट बस्तुगत समितिका सभापति अब्दुल सलामदको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अलिमदिन मियाले स्वागत तथा सचिव प्रकाश पौडेलले सञ्चालन गर्नुभएको थियो । त्यस अवसरमा विनयी कसौधन, बिनोद निरौला लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने उक्त बस्तुगत समितिमा योगदान गर्ने समितिका कार्यसमिति तथा सदस्यहरुलाई सम्मान सहित मायाँको चिनो प्रदान गरिएको थियो ।

Share This
  • 11
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares