लुम्बिनीमा जसपा विभाजित : माओवादीबाट बनेका मन्त्रीलाई हटाउने तयारी

लुम्बिनीमा जसपा विभाजित : माओवादीबाट बनेका मन्त्रीलाई हटाउने तयारी

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री बिरुद्ध अविश्वासको प्रस्ताव लैजाने विषयमा जनता समाजवादी दल बिभाजित बनेको छ । जसका कारण मुख्यमन्त्रीको अविश्वासको प्रस्ताव तत्काललाई टरेको छ ।
८७ सदस्य रहेको प्रदेश सभामा जनता समाजवादी पार्टीका ६ सांसद छन् । त्यसमध्ये ३ जना अविश्वासको प्रस्तावको पक्षमा र तीन जना विपक्षमा उभिएका हुन् । अविश्वासको प्रस्तावको लागि जुटेको नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुको भेलामा जसपाका सन्तोष पाण्डे, विजय यादव र कल्पना पाण्डेले पार्टीको निर्देशन विपरित अविश्वासको प्रस्तावबाट पछि हटेका हुन् ।
सोमबार प्रदेश सभा बैठक लगत्तै जसपाका तीन जना सांसदले मुख्यमन्त्रीसंग सत्ता साझेदारीको विषयमा भेट वार्ता गरेका थिए । मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने देखिएपछि लुम्बिनी प्रदेश सरकारले हतारमै हिउँदे अधिवेशन अन्त्यको लागि प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय लिएको थियो ।
मुख्यमन्त्री बिरुद्ध अविश्वासको तयारी भएपछि मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रबाट बनेका मन्त्री हटाउने तयारीमा हुनुहुन्छ । मुख्यमन्त्री पोखरेलले माओवादी केन्द्रबाट मन्त्री बनेका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक बिकास मन्त्री सुदर्शन बराललाई कारवाही गर्ने तयारी गरेको स्रोतले बताउँछ । लुम्बिनी प्रदेश सभामा ८७ सांसद मध्ये एमालेका ४१, माओवादी केन्द्रका २०, नेपाली काँग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका १ सांसद छन् । त्यस्तै मुखयमन्त्रीलाई पद जोगाउन ४४ मत आवश्यक हुन्छ ।
एमालेका ४१ मध्ये २ माधवकुमार नेपाल पक्षका सांसद छन् भने दधिराम न्यौपाने र दिनेश पन्थीले दल परिवर्तन गरेर एमालेमा प्रवेश गरेपनि उनीहरुलाई माओवादी केन्द्रले कारवाही गरेको जानकारी प्रदेश सभा सचिवालयलाई जानकारी गराईसकेको छ ।

Share This
  • 65
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    65
    Shares