पत्रकार महासंघ रुपन्देहीमा लोकतान्त्रिक–प्रगतिशिल प्यानलका उम्मेदवार पोख्रेल विजयी

804

पत्रकार महासंघ रुपन्देहीमा लोकतान्त्रिक–प्रगतिशिल प्यानलका उम्मेदवार पोख्रेल विजयी

नेपाल पत्रकार महासंघ रुपन्देहीमा महिला उपाध्यक्ष बाहेक सबै पदमा लोकतान्त्रिक प्यानलका उम्मेद्वार विजयी भएका छन् । बिहिबार बिहान प्राप्त मत परिणाम अनुसार नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुपन्देहीको अध्यक्षमा लोकतान्त्रिक–प्रगतिशिल प्यानलका उम्मेद्वार रामराज पाख्रेल ४० मत अन्तरले विजयी हुनु भएको हो । अध्यक्षमा विजयी पाख्रेलले १६१ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्दी प्रेस चौतारी नेपालका उम्मेद्वार दिनेश पाण्डेले १२१ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । त्यस्तैगरि उपाध्यक्ष पदमा सोही प्यानलबाट १९४ मत सहित बिश्वास ढकाल विजयी हुनु भएको छ । उहाँका प्रतिद्वन्दी दिपेश पछाईले सय मत प्राप्त गर्नुभएको थियो । महिला उपाध्यक्षमा भने प्रेस चौतारीले बनाएको साझा प्यानलकी उम्मेदवार अमृता अनमोल १ मतले बिजयी हुनु भएको हो । उहाँले १४९ मत प्राप्त गर्दा लोकतान्त्रिक–प्रगतिशिल प्यानलकी उम्मेदवार सञ्जु पौडेलले १४८ मत प्राप्त गर्नुभएको थियो ।
पदाधिकारी सबै पदमा लोकतान्त्रिक–प्रगतिशिल प्यानलका उम्मेदवार विजयी भएका छन् । सचिवमा १८५ मत सहित लोकतान्त्रिक–प्रगतिशिल प्यानलका उम्मेदवार बिनोद परियार, सहसविचमा १६७ मत सहित बिरेन्द्र कुवँर, समावेशी सहसचिवमा १८५ मत सहित माया केसी र कोषाध्यक्ष पदमा १५२ मत सहित सञ्जय सौगात विजयी भएका छन् ।
खुल्ला सदस्यमा लोकतान्त्रिक–प्रगतिशिल प्यानलबाटै प्रदिप आचार्य, कबिराज अधिकारी, थानेश्वर घिमिरे, मोति न्यौपाने, प्रकाश पाण्डे, पुनहरी बेल्वासे, शंकरप्रसाद पाण्डे र प्रकाश आचार्य विजयी भएका छन् । आचार्य प्रेस चौतारीका हुन् ।
महिला सदस्यमा हरिकला अधिकारी, जनजाती सदस्यामा राज चौधरी, मधेसी, अल्पसंख्यक र दलित सदस्य तर्फ क्रमशः राधेश्याम विश्वकर्मा, सलमान खान र टकं सुनार विजयी भएका छन् । उनीहरु सबै लोकतान्त्रिक प्यानलका हुन् ।
नेपाल पत्रकार महासंको निर्वाचनको लागि नेपाल प्रेस युनियनको नेतृत्वमा लोकतान्त्रिक–प्रगतिशिल प्यानल बनेको थियो । सो प्यानलमा प्रेस संगठन नेपाल, प्रेस चौतारी नेपाल, प्रगतिशिल पत्रकार संघ र क्रान्त्रिकारी पत्रकार महासंघ सहभागि थिए ।
त्यस्तै प्रेस चौतारीको नेतृतवमा बनेको प्रगतिशिल साझा प्यानलमा जनपत्रकार संगठन, संघीय पत्रकार संगठन र प्रेस मञ्चबीच गठबन्धन बनेको थियो । लोकतान्त्रिक–प्रगतिशिल प्यानलको यो जीतसंगै नेपाल प्रेस युनियनले १९ वर्षपछि नेपाल पत्रकार महासंघको नेतृत्व गर्ने अवसर प्राप्त गरेको छ ।