जसपा र माओवादी केन्द्रलाई देउवाको प्रस्ताव : काँग्रेसको नेतृत्वमा सरकार बनाऔं

जसपा र माओवादी केन्द्रलाई देउवाको प्रस्ताव : काँग्रेसको नेतृत्वमा सरकार बनाऔं

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनाउन माओवादी केन्द्र र जनता समाजवादी पार्टीलाई आग्रह गर्नुभएको छ । शुक्रबार सभापति आफैले बोलाएको तीन दलीय छलफलमा सभापति देउवाले उक्त प्रस्ताव गर्नुभएको हो ।
देउवाको उक्त प्रस्तावमा माओवादी केन्द्र सहमत भएपनि जसपाले यसबारे आफ्नो पार्टीमा छलफलको लागि समय माग गरेको छ ।
आफ्नै निवास बुढानिलकण्ठमा भएको छलफलमा सभापति देउवाले आफ्नै नेतृत्वमा माओवादी केन्द्र र जसपाको साथमा सरकार बनाउने पार्टीको निर्णय अनुसार उक्त प्रस्ताव गर्नुभएको हो । छलफलमा सभापति देउवाले प्रधानमन्त्री केपी ओली सर्वसत्तावादको बाटोमा अगाडि बढेकोले काँग्रेस नेतृत्वमा सरकार बनाउनको लागि दुई दलको धारणा मागेको उहाँले प्रष्ट्याउनु भएको थियो ।
सरकारको विकल्प खोज्ने देउवाको उक्त प्रस्तावमा माओवादी केन्द्र सहमति भएपनि जसपाले भने नयाँ सरकार गठनबारे औपचारिक प्रस्ताव आएकोले पार्टीमा छलफल गरेर निर्णय दिने बताएको छ ।

Share This
  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares