नेपाल पत्रकार महासंघको अध्यक्षमा लोकतान्त्रिक प्यानलका बिपुल पोख्रेल बिजयी

नेपाल पत्रकार महासंघको अध्यक्षमा लोकतान्त्रिक प्यानलका बिपुल पोख्रेल बिजयी

इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत भएको निर्वाचनबाट नेपाल पत्रकार महासंघको अध्यक्षमा नेपाल प्रेस युनियनका नेता विपुल पोखरेल निर्वाचित हुनु भएको छ । अध्यक्षका निकटतम प्रतिद्वन्द्वी निर्मला शर्मालाई तीन हजार बढी मत अन्तरले पराजित गर्दै पोखरेल अध्यक्षमा निर्वाचित हुनु भएको हो ।
शनिबार सकिएको मतगणना अनुसार नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धनको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका पोखरेलले ६ हजार ९४२ मत पाउनु भएको थियो भने एमालेको ओली समूह निकट प्रेस चौतारी, जनता समाजवादी पार्टीसम्बद्ध प्रेस मञ्च, नेकपा विप्लव समूह समर्थित जनपत्रकार संघ सहित ९ वटा संघको तर्फबाट अध्यक्षको उम्मेदवार बनेकी शर्माले ३ हजार ९१५ मत प्राप्त गर्नुभएको थियो । अध्यक्षका अर्का उम्मेदवार गजेन्द्र बुढाथोकीले भने ४९१ मत प्राप्त गर्नुभयो ।
पदाधिकारीमा पनि पाख्रेल प्यानलकै उम्मेदवार निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जीएम, महासचिवमा रोशन पुरी, खुला सचिवमा गोविन्दप्रसाद चौलागाईं, महिला सचिवमा सृजना अर्याल, समावेशी सचिवमा नारायण किलम्बु र एशोसिएट सचिवमा पवन आचार्य, तथा कोषाध्यक्षमा कलेन्द्र सेजुवाल र लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित हुनु भएको छ ।
महासंघमा ओली समूह निकट प्रेस चौतारीको एक जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् । महासंघको निर्वाचनमा १३ हजार भन्दा बढी मतदाता थिए ।

Share This
  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares