छिट्टै सरकार परिवर्तन हुन्छ : मन्त्री केसी

छिट्टै सरकार परिवर्तन हुन्छ : मन्त्री केसी

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेश सरकार छिट्टै परिवर्तन हुने बताउनु भएको छ । उहाँले प्रदेशमा पनि केन्द्रको राजनीतिक प्रभाव पर्ने भएकाले लुम्बिनी प्रदेश सरकार पनि अव छिटै प्रदेश सरकार पनि परिवर्तन हुने बताउनु भएको हो ।
रिपाटर्स क्लवले आईतबार नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीको लागि बुटवलमा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै मन्त्री केसीले वर्तमान सरकार परिवर्तनको लागि राम्रो वातावरण बनेको बताउनु भएको हो ।
उहाँले मुलुकमा संघीयता आएपनि प्रदेश र स्थानीय तहलाई संघीय सरकारले व्यवहारिक रुपमा अधिकार नदिएको र केन्द्रको राजनीति तल्लो तहसम्म हावी भएको बताउनु भयो । अहंकार र दम्भले कोही अगाडि नबढ्ने भन्दै अहिले मुलुकमा देखिएको समस्या नै त्यसैको प्रतिफल भएको जिकिर गर्नुभयो ।
प्रदेशमा मिडियाका समस्या समाधानका लागी तीन प्रकारले वर्गीकरण गरेर काम गर्ने योजना रहेको उल्लेख गर्दै व्यवसायिक पत्रकारिता, सामुदायिक संचार र पत्रकार सम्वद्ध संघसंस्थाहरुलाई छुट्टाएर काम गर्ने तयारी भइरहेको समेत जानकारी गराउनु भयो ।
त्यस अवसरमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्काले सरकारसंग सहकार्य गरेर पत्रकारहरुका मुद्धा, उनीहरुका समस्या समाधानमा महासंघले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले प्रदेशको स्थायी राजधानीको गुरुयोजनामा पत्रकार महासंघलाई पनि समेट्न आग्रह गर्नुभयो । त्यस्तैगरी नेपाल पत्रकार महासंघ रुपन्देहीका नवनिर्वाचित अध्यक्ष रामराज पोख्रेलले महासंघमा सबै बिचार समुहका प्रतिनीधि समेटिएकाले साझा फूलवारी बनेको बताउनु भयो । आफू हिजो जुन बिचार समुहमा रहेको भएपनि अव आफ्नो नेतृत्वमा निर्वाचित टिमले महासंघको चरित्रलाई साझा बनाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
त्यस अवसरमा क्लवका अध्यक्ष रामकुमार क्षेत्री, नेपाल पत्रकार महासंघकी नवनिर्वाचित उपाध्यक्ष अमृता अनमोल, तेजेन्द्र केसी लगायतले भनाई राखेका थिए ।

Share This
  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares