लुम्बिनीका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा

1.3K

लुम्बिनीका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पदबाट राजिनामा दिनुभएको छ । लुम्बिनी प्रदेश सभाको आज आईतबार बस्ने बिशेष अधिवेशनमा मुख्यमन्त्री बिरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव पेश हुने कार्यसूची रहेको थियो ।
दिउसो १ बजे प्रदेश सभाका बिशेष अधिवेशनको निर्धारित समय अगावै मुख्यमन्त्री पोखरेलले अकस्मात पदबाट राजीनामा गर्नुभएको हो । दाङ जिल्लाको क्षेत्र नं. २ क बाट प्रदेश सभा सदस्यमा निर्वाचित पोखरेल २०७४ फागुन ३ गते मुख्यमन्त्री बन्नु भएको थियो ।
मुख्यमन्त्री पोरखेले बिरुद्ध प्रमुद्ध प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेपनि जसपाका ३ जना सांसदलाई तत्कालै मन्त्री नियुक्त गरिएको थियो ।
संविधानको धारा १६८ अन्तर्गत गठन भएको सरकार विघटन गरी धारा १६८ (१) अनुसारको सरकार गठनका लागि पोखरेलले राजीनामा दिएको बताईएको छ । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि अहिले एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठक बसेको छ ।