लुम्बिनी प्रदेशकी सांसद बिमला वलीले आफू कसैको करकापमा नभई आफ्नै ईच्छाले माओवादी पार्टी रोजेको बताउनु भएको छ । उहाँले आईतबार बुटवलमा पत्रकार सम्मेलन गरेर आफ्नो बुद्धि र विवेक प्रयोग गरेर माओवादी पार्टी रोजेको प्रष्ट पार्नु भएको हो ।
तत्कालिन नेकपाबाट प्रदेश सभा सदस्यमा निर्वाचित सांसद वलीलाई एमालेले आफ्नो पार्टीको सदस्य दावी गर्दै आएको थियो । आफू एमाले र माओवादी मिलेर बनेको नेकपाबाट निर्वाचनमा जितेको र अदालतले दुई पार्टीलाई पुरानै अवस्थामा फर्काईदिएपछि माओवादी पार्टी रोजेको जानकारी गराउनु भएको हो ।