अवरोधका बिच प्रदेश पमुख मुख्यमन्त्रीको कार्यालयमा : सुरक्षा घेरामा मुख्यमन्त्रीको सपथ

547

अवरोधका बिच प्रदेश पमुख मुख्यमन्त्रीको कार्यालयमा : सुरक्षा घेरामा मुख्यमन्त्रीको सपथ

सांसदहरुको अवरोधका बिच प्रदेश प्रमुख मुख्यमन्त्रीको कार्यालयमा पुगेर लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त शंकर पोखरेललाई सपथ गराउनु भएको छ ।
अल्पमतका बिचपनि प्रदेश प्रमुखले शंकर पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेको भन्दै बहुमत सांसदको हस्ताक्षर सहित बिपक्षी नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा ४ दलले प्रदेश प्रमुखलाई ध्यानाकर्षण गराएका थिए । आईतबार बिहान मुख्यमन्त्रीबाट राजीनामा गरेका शंकर पोखरेललाई पुनः मुख्यमन्त्रीमा नियुक्त गर्नुको साथै सपथको समेत तयारी भएपछि नवनियुक्त मुख्यमन्त्रीलाई प्रदेश प्रमुकको कार्यालयमा छिर्न नदिने र प्रदेश प्रमुखलाई आफ्नो कार्यालयबाट बाहिर निस्कन रोक्नेगरी विपक्षी सांसदहरु प्रदेश प्रमुखको कार्यालय परिषरमा धर्नामा थिए ।
सांसदहरु सांसदहरु धर्नामै रहेको समयमा सपथको लागि मुख्यमन्त्रीलाई प्रदेश प्रमुकको कार्यालयमा ल्याउन असहज भएपछि प्रदेश प्रमुखलाई नै मुख्यमन्त्रीको कार्यालयमा लैजाने तयारी भएपछि सांसदहरु झन आक्रोसित बनेका थिए । त्यसैबिच ठूलो सरक्षा व्यबस्था तैनाथ गरी साँझ अवेर प्रदेश प्रमुख धर्मनाथ यादवलाई सुरक्षा घेराभित्र राखेर मुख्यमन्त्रीको कार्यालयमा पुर्याईएको थियो ।
प्रदेश प्रमुखलाई मुख्यमन्त्री कार्यालयमा सपथ समारोहमा लैजान रोक्नको लागि सांसदहरुले अवरोध गरेपछि प्रहरीले सांसदहरु माथि बल प्रयोग गर्नुको साथै आफूहरु माथी हातपात समेत भएको सांसदहरुले आरोप लगाएका छन् । प्रदेश प्रमुलाई प्रहरी घेरामा राखेर लैजाने क्रममा सांसदहरुले संवैधानिक सर्बोच्चता कायम गर, प्रदेश प्रमुख संविधानको पालक भएर बस, प्रतिगामी कदम मुर्दावाद लगायतका नारावाजी गरेका थिए ।
लुम्बिनी प्रदेश सभामा दर्ता अविश्वासको प्रस्ताव पेश हुने कार्यसूचीका बिच त्यसलाई छल्न मुख्यमन्त्री पोखरेलले आईतबार एकाएक पदबाट राजीनामा गर्नुभएको थियो । एमालेको संसदीय दलमा पुन मुख्यमन्त्रीमा आफूलाई अगागि सार्दै एकल बहमतीय सरकार बनाउने निर्णय गराएपनि प्रदेश सभा सदस्य विमला वलीले माओवादी केन्द्र रोजेपछि शंकर पोखरेल अल्पमतमा पर्नु भएको थियो ।