बुटवलमा थप चार जना संक्रमितको मृत्यु

1.3K

बुटवलमा थप चार जना संक्रमितको मृत्यु

कोरोना भाईरस संक्रमणका कारण बुटवलमा थप चार जनाको मृत्यु भएको छ । बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा पछिल्लो ८ घण्टामा रुपन्देहीका चारजना संक्रमितको मृत्यु भएको हो । कोरोना बिशेष अस्पतालमा बेड नपाएपछि फिवर क्लिनिकमै भर्ना भएका तीनजना महिला र एक पुरुषको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१२ का ४७ वर्षीय पुरुष, कन्चन गाउँपालिका–४ का २७ वर्षीया महिला, बुटवल ९ का ५४ वर्षीया महिला र तिलोत्तमा नगरपालिका–४ की ४० वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।