एमाले सांसद डाँगीले दिए राजीनामा

845

एमाले सांसद डाँगीले दिए राजीनामा

दाङको निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले राजीनामा दिनुभएको छ । सांसद डाँगीले बुधबार प्रदेश सभा सचिवालयमा राजीनामा बुझाउनु भएको हो ।
मुख्यमन्त्री शंकर पोखरेलको गृह जिल्ला दाङबाट एमालेको तर्फबाट निर्वाचित डाँगी मुख्यमन्त्री पोखरेलको साथ छोड्नु भएको थियो । उहाँको राजीनामा संविधानको धारा १८0 को क अनुसार प्रकृया अगाडि बढेको प्रदेश सभा सचिवालयले जनाएको छ ।