प्रधानमन्त्री ओली स्वतः पदमुक्त

678

प्रधानमन्त्री ओली स्वतः पदमुक्त

प्रधानमन्त्री केपी शर्मा ओली पद मुक्त हुनु भएको छ । विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त हुनु भएको हो ।
प्रधानमन्त्री ओलीको विश्वासको मतको प्रस्तावमा ९३ मत परेको छ । विश्वासको मत प्राप्त गर्नको लागि १३६ मत आवश्यक थियो । संसदको सबैभन्दा ठूलो दल नेकपा एमालेका १२१ सांसद भएपनि माधवकुमार नेपाल झलनाथ खनाल पक्षका सांसदहरु उपस्थित भएनन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिएका छन् । त्यस्तै जनता समाजवादी पार्टीका महन्थ ठाकुर राजेन्द्र महतो पक्षका सांसदहरु भने तटस्थ बसेका थिए ।