सरकारले प्रतिनीधि सभाको बिशेष अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रीपरिषदको बैठकले सोमबार राती १२ बजेदेखि लागु हुनेगरी प्रतिनीधि सभाको बिशेष अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।
प्रधानमन्त्री केपि ओलीले विश्वासको मत लिने प्रयोजनको लागि राष्ट्रपति बिद्यादेवी भण्डारीले सोमबार संसदको बिशेष अधिवेशन आह्वान गर्नुभएको थियो । विश्वासको मत माग्दा प्रधानमन्त्री ओलीको पक्षमा जम्मा ९३ मत परेको थियो भने त्यसको विपक्षमा १२४ मत परेको थियो । त्यस्तै १५ मत तटस्थमा थियो भने ३४ सांसद अनुपस्थित थिए । विश्वासको मत प्राप्त गर्नको लागि १३६ मत आवश्यक थियो ।