भैरहवाको युसिएमएसमा अक्सिजनको अभाव : अव बिरामी आफैले व्यबस्था गर्नुपर्ने

1.3K

भैरहवाको युसिएमएसमा अक्सिजनको अभाव : अव बिरामी आफैले व्यबस्था गर्नुपर्ने

रुपन्देहीको भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पतालले अक्सिजनको आपूर्ति गर्न नसकिएको जानकारी गराउँदै अक्सिजन आवश्यक पर्ने बिरामीलाई आफै व्यबस्था गर्न सूचना जारी गरेको छ ।
शिक्षण अस्पतालले बुधबार बिज्ञप्ती जारी गरी अक्सिजन आपूर्तिको प्रयास गर्दागर्दै पनि नसकिएको उल्लेख गर्दै बिरामीलाई आफै व्यबस्था गर्न आग्रह गरेको हो । अस्पतालले जारी गरेको सूचनामा बुधबार दिउँसो ४ बजेसम्मको लागि मात्रै अक्सिजन पूर्ति गर्न सकिने र त्यसपछि बिरामीले आफै व्यबस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।
अस्पतालका प्रशासकीय अघिकृत कमल ढाकालले अक्सिजनको प्रबन्ध गर्नको लागि सबैतिर याचना गरिएपनि कसैले नसुनेको जानकारी गराउँदै अब हात उठाउनु वाहेक विकल्प नभएको उल्लेख गर्नुभएको छ ।