नेपालमा थप ९,३०५ जनामा कोरोना संक्रमण : एकैदिन १६८ जनाको मृत्यु

1.3K

नेपालमा थप ९,३०५ जनामा कोरोना संक्रमण : एकैदिन १६८ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ३६२ जनाको पीसीआर र ४२४ जनाको एन्टिजेन परीक्षणमा ९ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १६८ जनाले ज्यान गुमाएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ४ हजार २५२ पुगेको छ ।
बुधबार सबैभन्दा बढी काठमाण्डौमा ३ हजार २५०, रूपन्देहीमा ७७१ र ललितपुरमा ४४८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।