प्रधानमन्त्री केपि ओलीले मन्त्रिपरिषद गठन गर्नुभएको छ । शुक्रबार शितलनिवासमा राष्ट्रिपतिबाट पद तथा गोपनियताको सपथ लिएसंगै प्रधानमन्त्रि ओलीले मन्त्रिपरिषद गठन गर्नुभएको हो ।
प्रधानमन्त्रि ओलीले २१ मन्त्री र ३ राज्यमन्त्रि नियुक्त गर्नुभएको छ । प्रधानमन्त्रि यस अंघिका सबैमन्त्रिलाई पुनः मन्त्रिपरिषदमा नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति र राज्यमन्त्रीहरुले प्रधानमन्त्री समक्ष सपथ लिएका छन् ।
नवनियुक्त मन्त्रिहरु ईश्वर पोखरेललाई उप्रपधान तथा प्रधानमन्त्री कार्यालय, रामबहादुर थापा बादललाई गृह, टोपबहादुर रायमाझीलाई उर्जा, विष्णु पौडेललाई अर्थ, प्रदिप ज्ञवालीलाई परराष्ट्र, हृदयेश त्रिपाठीलाई स्वास्थ्य तथा जनसंख्या, लेखराज भट्टलाई उद्योग, बाणिज्य तथा आपूर्ती, कृष्णगोपाल श्रेष्ठलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
त्यस्तैगरी प्रभु साहलाई सहरी विकास, भानुभक्त ढकाललाई पर्यटन, मणिचन्द्र थापालाई खानेपानी, पद्मा अर्याललाई कृषि, बसन्त नेम्वाङलाई भौतिक पूर्वाधार तथा यातायात, गौरीशंकर चौधरीलाई श्रम तथा रोजगार, पार्वत गुरुङलाई सञ्चार, शिवमाया तुम्बाहाम्फेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, लिलानाथ श्रेष्ठलाई कानून, गणेशसिंह ठगुन्नालाई संघीय मामिला तथा सामान्य प्रशासन, प्रेमबहादुर आलेलाई बन, जुलीकुमारी महतोलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र दावा लामा तामाङलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिईएको छ ।
नवराज राउतलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री, रामवीर मानन्धरलाई सहरी विकास राज्यमन्त्री र विमला विकलाई उद्योग, बाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारी दिईएको छ ।