सहमति कार्यान्वयनका लागि एमालेमा कार्यदल गठन

412

सहमति कार्यान्वयनका लागि एमालेमा कार्यदल गठन

पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र नेता माधवकुमार नेपाल बिच भएको सहमति कार्यान्वयनको लागि कार्यदल बनाईएको छ । अध्यक्ष ओली र नेता नेपाल बिच आईतबार भएको भेटवार्ताबाट दुबै पक्षका ५÷५ जना सदस्य रहने गरी कार्यदल बनाईएको हो ।
कार्यदलमा अध्यक्ष ओलीको तर्फबाट सुवास नेम्वाङ्को नेतृत्वमा विष्णु पौडेल, प्रदिप ज्ञवाली शंकर पोख्रेल र विष्णु रिमाल छन् भने नेता नेपालको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।
ओली सरकारमा अल्पमतमा परेपछि सांसदबाट राजीनामा गर्ने तयारी गरेका माधव पक्षसंग सर्बोच्चको एमाले व्यूत्याउने फैसला अनुसार २०७५ जेठ २ मा फर्किने सहमति भएको थियो । सोही सहमति अनुसार माधव पक्षका सांसदहरु राजीनामाबाट पछि हटेका थिए ।
सोही अनुसार एमालेमा २०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनका लागि कार्यदल बनाईएको हो । ०७५ जेठ २ मा फर्किनेगरी सबै कुरा टुंगो लगाउन वार्ता टोली बनाईएको र तीन दिनमा काम सक्ने भनेपनि केही समय बढाउने कुरा भएको नेता नेपालले बताउनु भएको छ ।