नयाँ सरकार गठनको विषयमा विभाजित जनता समाजवादी पार्टीमा राष्ट्रिय सहमतिको सरकार वा आफ्नै नेतृत्वमा सरकार बनाउने विषयमा सहमति जुटेको छ । पार्टीका अध्यक्ष द्वय महन्थ ठाकुर र उपेन्द्र यादवको बिचमा तत्काल ओली सरकारमा पनि सहभागि नुहेन र राष्ट्रिय सहमतिको सरकार बन्ने वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवस्था आएमा सरकार गठनमा अगाडि बढ्ने सहमति भएको हो ।
प्रधानमन्त्री ओलीले संसद विघटन विकसित राजनीतिक घटनाक्रममा नयाँ सरकार निर्माणको विषयलाई लिएर जनता समाजवादी पार्टीका नेताहरु विभाजित भएका थिए । उपेन्द्र यादव र बाबुराम भट्टराई नयाँ सरकारको पक्षमा भएपनि महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री ओलीसंग नजिक थिए ।
जसका कारण प्रधानमन्त्री ओलीले विश्वासको मत लिँदा उपेन्द्र बाबुराम पक्षका सांसदहरुले विपक्षमा मत दिएका थिए भने महन्थ र राजेन्द्र पक्षका सांसदहरु तटस्थ बसेका थिए । पार्टीमा तिब्र विवादका कारण कार्यकारीणी समितिको बैठक समेत बस्न सकेको थिएन ।
यादव र ठाकुर विचको संवादले ठाकुर पक्ष तत्काल सरकारमा नजाने र यादव पक्षले बहुमतको आधारमा निर्णहरु नगर्ने सहमति बनेको हो । जसपाको यो निर्णयले प्रधानमन्त्री ओलीले अव संसदमा विश्वासको मत लिँदा जसपाको साथ नपाउने देखिएको छ । विस्वासको मत नपाएपछि ठूलो दलको हैसियतमा संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री बनेकाले केपि ओलीले ३० दिन भित्र विश्वासको मत लिनुपर्छ ।
यदि प्रधानमन्त्री ओलीलाई त्यसवेला विश्वासको मत प्राप्त भएन भने जसपाको सहमति अनुसार वैकल्पिक सरकार बन्ने अवसर प्राप्त हुने सम्भावना देखिन्छ ।