प्रदेश प्रमुखद्वारा विशेष अधिवेशन बोलाउन अस्वीकार

686

प्रदेश प्रमुखद्वारा विशेष अधिवेशन बोलाउन अस्वीकार

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले विशेष अधिवेशन बोलाउन अस्वीकार गर्नुभएको छ । प्रदेश प्रमुख यादवले बिशेष अधिवेशन बोलाउन मिल्ने अवस्था नदेखिएको भन्दै प्रसद सभा सदस्यहरुको माग अस्वीकार गर्नुभएको हो ।
लुम्बिनी प्रदेशका विपक्षि दल नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चाका सांसदहरुले आफूहरुसंग बहुमत रहेको दावी सहित मुख्यमन्त्री पोख्रेल बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेर गत बैशाख २६ गते प्रदेश प्रमुख समक्ष विशेष अधिवेशन बोलाउन लिखित माग गरेका थिए ।
प्रदेश सभाको विशेष अधिवेशन सम्बन्धमा प्रदेश प्रमुख झाले जारी गरेको सूचनामा नेपालको संविधानको धारा १८३ को उपधारा (४) को प्रतिवन्धात्मक बाक्यांश बमोजिम हाल अधिवेशन आह्वान गर्न मिल्ने अवस्था नदेखिएको उल्लेख गरिएको छ ।