राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीबाट दृगनारायण र चन्द्रबहादुरको उम्मेदवारी

1.3K

राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीबाट दृगनारायण र चन्द्रबहादुरको उम्मेदवारी

राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशबाट दृगनारायण पाण्डे र चन्द्रबहादुर खड्काको उम्मेदवारी परेको छ । पाण्डेले नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीको तर्फबाट उम्मेदवारी दिनुभएको हो भने खड्काले एमालेको तर्फबाट उम्मेदवारी दिनुभएको हो ।
राष्ट्रिय सभाको निर्वाचन यहि जेठको १७ गते हुँदैछ । राष्ट्रिय सभा सदस्यको उम्मेदवार खड्का माओवादीबाट एमालेमा प्रवेश गर्नुभएको थियो भने प्रदेश सभा सदस्यमा एमालेबाट निर्वाचित पाण्डे प्रदेश सभा सदस्यबाट राजीनामा गरेर काँग्रेसमा प्रवेश गर्नुभएको छ । उहाँ प्रदेश सभामा एमालेबाट निर्वाचित हुनु अगाडि काँग्रेसमै हुनुहुन्थ्यो ।
पाण्डे र खड्काले मंगलबार दाङस्थीत मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउनु भएको छ । लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमध्ये एमालेका ९१, काँग्रेसका ६४, माओवादी केन्द्रका ३९, जनता समाजवादी पार्टीका १३, राष्ट्रिय जनमोर्चाका ५, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ र स्वतन्त्र ४ छन् । त्यस्तैगरी प्रदेश सभामा एमालेका ४१, काँग्रेसका १९, माओवादी केन्द्रका १८, राष्ट्रिय जनमोर्चाको १ र जनता समाजवादी पार्टीका ६ सांसद छन् । निर्वाचन कार्यालयका अनुसार लुम्बिनी प्रदेशमा प्रदेश सभा सदस्य ७९ जना तथा स्थानीय तहका प्रमुख र उपप्रमुख गरि २१७ जना गरि २९६ मतदाता छन् ।