नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको दाउन्ने सडक खण्डमा पर्ने खुर्सानी खोला नजिकै दुर्घटनामा परेको हो ।
उक्त दुर्घटनामा परि रुकुम पश्चिमकी २७ वर्षीया कल्पना पुनको सनाखत भएको छ भने बाँकी ३ जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । बसमा करिव ४५ जना यात्रु रहेको र त्यसमध्ये चालक सहित ३५ जना घाईते भएको बताईएको छ । घाईतेहरुलाई उपचारको लागि केहीलाई बुटवल र केहीलाई स्थानीय चिसापानी अस्पताल लगिएको छ ।
सडकबाट करिव २ सय मिटर तल अफ्ठ्यारोमा बस खसेका कारण उद्धारमा समेत समस्या भएको प्रहरीले जनाएको छ ।