गृहमन्त्री रामबहादुर थापा बादल सहित सातमन्त्रीलाई काम गर्न नदिन सर्बोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायधिश चोलेन्द्र सम्शेर जवराको एकल ईजलासले संसद सदस्य नरहेका गृहमन्त्री बादल सहित मन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा लामालाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ ।
माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका कारण पार्टीले कारवाही गरेपछि सांसद पद खारेज भएको थियो । सर्बोच्चको यो आदेशसंगै गृह, उर्जा, जलस्रोत तथा सिचाई, उद्योग बाणिज्य तथा आपूर्ति, शहरी बिकास, श्रम, खानेपानी र युवा तथा खेलकुद मन्त्रालय रिक्त भएका छन् । संसद सदस्य नरहेका व्यक्तिलाई दोहो¥याएर मन्त्री बनाउनु संविधान विपरित हुने भन्दै अधिवक्ताहरु विराज थापा र कपिलदेव ढकालले सर्बोच्चमा रिट दायर गर्नुभएको थियो ।