निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपि ओलीलाई कारवाही माग गरेको नेपाली काँग्रेसले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेललाई समेत कारवाही गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ ।
नेपाली काँग्रेस प्रदेश सभा संसदीय दलका नेता बिरेन्द्र कनौडीयाको सचिवालयले विज्ञप्ती जारी गरेर लुम्बिनीका मुख्यमन्त्री पोख्रेलले मौन अवधिमा सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्ना उम्मेवारको पक्षमा मत मागेको भन्दै कारवाहीको लागि माग गर्नुभएको हो ।
निर्वाचन आचार संहिताले निर्वाचन हुनुपूर्व ४८ घण्टालाई मौन अवधि तोकेको छ । यो अवधिमा प्रचारप्रसार, सामाजिक सञ्जाल वा कुनैपनि माध्यमबाट मत माग्द निषध छ । ‘यसै सन्दर्भमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलज्यूले सामाजिक सञ्जाल फेसबुक मार्फत मौन अवधिमा आफ्ना उम्मेदवारको पक्षमा मत माग्नु भएकाले निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन भएको छ ।’ बिज्ञप्तीमा भनिएको छ– ‘यस कारण निर्वाचन आयोगलाई निर्वाचन आचारसंहिता, २०७२ को दफा ५ घ (३) र (५) र दफा ६ बमोजिम लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेललाई कारवाहीको लागि अनुरोध गरिन्छ ।’
