बागमतीको राष्ट्रिय सभा निर्वाचनमा देवकोटा विजयी

1.3K

बागमतीको राष्ट्रिय सभा निर्वाचनमा देवकोटा विजयी

बागमतीको राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमाले उम्मेदवार रामबहादुर थापा बादललाई हराउँदै गठबन्धनका उम्मेदवार डा. खिमलाल देवकोटा विजयी हुनु भएको छ । गृहमन्त्री समेत रहनु भएका बादल आजै मात्रै सर्बोच्चले पदमुक्त गरिदिएको हो ।
राष्ट्रिय सभा सदस्यमा काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्ती र एमालेका नेता माधवकुमार नेपाल झलनाथ खनाल समुहको गठबन्धनबाट निर्वाचित देवकोटाले ५ हजार ८८ मतभार प्राप्त गर्दा एमाले ओली खेमाका उम्मेदवार बादलले ४ हजार १४ मतभार प्राप्त गर्नुभएको छ ।
वाग्मती प्रदेशसभाका १०५ सदस्यले मतदान गरेकामा देवकोटाले ५८, बादलले ४५ र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले २ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै स्थानीय तहका प्रमुख र उपप्रमुख गरि २३३ जनाले मतदान गरेकामा देवकोटाले १२८, बादलले १०३ र तामाङले २ मत प्राप्त गर्नुभएको थियो ।