वैकल्पिक सरकारको लागि राष्ट्रपतिको आह्वान

1.3K

वैकल्पिक सरकारको लागि राष्ट्रपतिको आह्वान

वैकल्पिक सरकार गठनको लागि राष्ट्रिपति बिद्यादेवी भण्डारीले दलहरुलाई आह्वान गर्नुभएको छ । ठूलो दलको आधारमा एमाले अध्यक्ष केपि ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको एक साता नबित्दै राष्ट्रपतिले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले आफूसँग संसदको विश्वास लिन सक्ने परिस्थिति नरहेको भन्दै संविधानको धारा ७६ (५) को प्रक्रिया प्रारम्भ गर्न पत्राचार गरेलगत्तै राष्ट्रपति भण्डारीले दलहरुलाई २१ घण्टाको समय दिएर नयाँ सरकार गठनको आह्वान गर्नुभएको हो । बिहीबार मन्त्रिपरिषदको बैठकपछि राष्ट्रपतिलाई पत्र लेख्दै प्रधानमन्त्री ओलीले नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न अनुरोध गर्नुभएको थियो ।