प्रधानमन्त्री केपि ओलीले वैकल्पिक सरकारको लागि आग्रह गर्दा मौजुदा सरकारले राजीनामा गर्नु नपर्ने दावी गर्नुभएको छ । प्रधानमनन्त्री ओलीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै संविधानको धारा ७६ (५) को सरकार गठनको प्रक्रिया सुरु गर्न राजीनामा गर्न नपर्ने बताउनु भएको हो ।
उहाँले संविधानमा त्यस्तो कुनै व्यबस्था नभएको बताउँदै भन्नुभयो– ‘राजीनामा दिनुपर्छ भनेर कहाँ लेख्या छ ?’ संविधानमा आफूले विश्वासको मत लिनुपर्ने व्यबस्था भएपनि बिश्वासको मत लिन आफूले नचाहेको बताउँदै राजीनामा दिएपनि, राजीनामा नदिई मार्गप्रसस्त गरेपनि संविधानको धारा ७६ (५) कै प्रकृयामा जानुपर्ने बताउनु भयो ।
पत्रकार सम्मेलनमा उहाँले राष्ट्रिय सहमति गरेर सरकार बनाउन समेत प्रस्ताव गर्नुभएको छ । उहाँले काँग्रेस सभापति शेरबहादुर देउवा समक्ष वैकल्पिक सरकार बनाउन नसक्ने हो भने राष्ट्रिय सरकार बनाउन आग्रह गरेको समेत बताउनु भयो । ‘सकिन्छ भने आउनुहोस मेरै नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं, मलाई समर्थन गर्नुहोस ।’ उहाँले भन्नुभयो–‘बहुमत पु¥याउन पनि नसक्ने, भाँजो हालेर मात्रै हुन्छ ?’ अरु कुनै विकल्प छन् भने त्यो पनि प्रस्तुत गर्न उहाँले विपक्षी दलहरुलाई आग्रह गर्नुभयो ।